यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश पाउन भोलिसम्म सेयर किन्नुपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १७ गते
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश पाउन भोलिसम्म सेयर किन्नुपर्ने

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि असार १८ बुधबार अन्तिम दिन रहेको छ। लाभांश र सभाको लागि कम्पनीले असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार, असार १८ गतेसम्म कायम सेयरधनीहरू मात्र सहभागी र लाभांश पाउनेछन्।

उक्त लाभांश पारित गर्न कम्पनीले आगामी असार ३० गते (सोमबार) बिहान १०:३० बजे काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा ३१औं वार्षिक साधारणसभा बोलाएको छ। सभामा हालको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण प्रस्ताव पारित गरिनेछ।

बीमा प्राधिकरणको निर्देशन अनुसार चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्‍याउन १० प्रतिशत हकप्रद सेयर निष्काशन प्रस्ताव परिमार्जन गरिनेछ। सभा मार्फत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षक नियुक्ति, सञ्चालक नियुक्ति, पारिश्रमिक र नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू पारित गरिनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स