SHAREHUB SHAREHUB

अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने

Advertisement Ads
अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने
Advertisement Ads

नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ । बिल इन्ट्री गर्ने प्रक्रियालाई अझै छिटो र सजिलो बनाउन टिग एआई फिचर सार्वजनक गरिएको हो ।

व्यवसायहरूका लागि बिल इन्ट्री गर्ने प्रक्रिया आफैमा लामो हुन्छ । तर अब यो प्रक्रियालाई टिक एआईले निकै सजिलो बनाउने छ ।

टिगमा राखिएको बिलहरु अब एआईले नै स्वतः सिस्टममा राखिदिने छ । एआईमार्फत टिगले अकाउन्टिङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन खोजेको छ ।

प्रयोगकर्ताहरूलाई सहज, सरल र छिटो सुविधा प्रदान गर्ने उद्देश्यसहित टिग एआई फिचर ल्याएको टिगका सीईओ रमेश केसीले बताए ।

‘एआई फिचरले समयको मात्रै बचत गर्दैन् । यसले समग्र प्रक्रियालाई नै सहज बनाउने छ,’ उनले भने, ‘टिग एआईले भविष्यको अकाउन्टिङलाई प्रतिनिधित्व गर्दछ । अकाउन्टिङ क्षेत्रलाई रूपान्तरण गर्न हामी एककदम अगाडि बढेका छौं । यसले अकाउन्टेन्टहरूलाई पनि सशक्तिकरण गर्नेछ ।’
प्रयोगकर्ताहरूले टिगमा बिलहरुको फोटो अपलोड गरेपछि एआई फिचर प्रयोग गर्न ‘स्क्यान विथ एआई’ बटनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि सिस्टमले बिल रिड गर्नेछ र आफै स्वत सिस्टममा लेखिदिने छ ।

Advertisement Ads

अनि एआईले स्वतः राखेको विवरण सही भएको वा नभएको जाँच गरेर थप मिलाउनु पर्ने भए मिलाउन सकिने छ । एआई फिचरको प्रिन्टेड बिलमा ९९ प्रतिशत र हातले लेखेको बिलामा ९५ प्रतिशत एकुरेसी भएको कम्पनीले जनाएको छ । म्यानुअल इन्ट्रीभन्दा टिग एआईबाट बिल इन्ट्री गर्दा ११५ गुणा बढी छिटो हुनेछ ।

गज्जबको कुरा त, टिग एआईले नेपाली भाषा समेत सपोर्ट गर्छ । कम्पनीका अनुसार टिगको एआई सुविधाले म्यानुअल रूपमा डेटा इन्ट्री गरिरहनुपर्ने समस्या अन्त्य गर्दै प्रयोगकर्ताहरूलाई आफ्नो व्यवसायमा थप समय दिन मद्दत गर्नेछ ।
प्रयोगकर्तालाई छिटो र सहज सेवा दिने कार्यलाई टिगले सधैं पहिलो प्राथमिकतामा राख्दै आएको छ । त्यसै अनुसार एआई फिचर ल्याइएको हो ।
यो सुरूवात मात्र भएको र अकाउन्टिङ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन अझै रूपान्तरणकारी एआई फिचर ल्याएर आउने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

टिग क्लाउडमा आधारित अकाउन्टिङ सफ्टवेयर हो । देशभर ५ हजार बढी साना तथा मझौला व्यवसायले प्रयोग गरिरहेको टिग आईएसओ 270001 सर्टिफाइड कम्पनी समेत हो ।

Backlink for
Tigg – www.tiggapp.com
Tigg AI – https://www.tiggapp.com/blog-posts/meet-tigg-ai—automate-invoice-and-bills-recording

Tigg AI https://bajarkochirfar.com/tigg-transforming-accounting-with-ai-no-more-typing-bills | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स