instainsta

अर्थशास्त्रको नोबेल पुरस्कार तीन जनाले पाए

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २७ गते
अर्थशास्त्रको नोबेल पुरस्कार तीन जनाले पाए
AdvertisementAds

यस वर्षको अर्थशास्त्रको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ। अमेरिकाका जोएल मोकिर र पिटर होविट र बेलायतका फिलिप अघियनले यो सम्मान पाएका छन्।

नोबेल समितिका अनुसार यी अर्थशास्त्रीहरूले नवप्रवर्तनले आर्थिक वृद्धिलाई कसरी प्रोत्साहित गर्छ भन्ने विषयमा गहिरो अध्ययन गरेका थिए। प्रविधिको द्रुत विकासले विश्वभर प्रभाव पारिरहेको अवस्थामा, उनीहरूले अर्थतन्त्रमा नयाँ उत्पादन र उत्पादन विधिहरूले पुराना उत्पादनहरू प्रतिस्थापित गर्दै निरन्तर प्रक्रिया जारी राख्ने देखाएका छन्।

उनीहरूको भनाइ अनुसार, “नयाँ उत्पादन र विधिहरूले पुरानोलाई प्रतिस्थापन गर्छन्, यो प्रक्रिया कहिले समाप्त हुँदैन। यसले दिगो आर्थिक वृद्धि सुनिश्चित गर्दै जीवनस्तर, स्वास्थ्य र समग्र जीवनको गुणस्तर सुधार्छ।”

पुरस्कार विजेताले १ करोड १० लाख स्विडिश क्रोना, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्ने छन्। यस वर्षको पुरस्कार डिसेम्बर १० मा स्टकहोम, स्वीडेनमा प्रदान गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स