जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनःनिर्माण र आगामी फागुन २१ गतेका प्रतिनिधिसभा निर्वाचनका लागि बजेट स्रोत खोज्ने उद्देश्यले अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री रहेका छन्।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार, कार्यदलको मुख्य जिम्मेवारी अहिलेको बजेटमा रहेका केही योजना र कार्यक्रम कटौती गरेर स्रोत व्यवस्थापनका सम्भावनाहरूको अध्ययन गर्नु हो।
नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार कार्यभार सम्हाल्दै चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबमा परेका, पूर्वतयारी नसकिएका, र टुक्रे योजनाहरू कटौती गरिने बताएका थिए। मन्त्री खनालले पूरक बजेट नल्याइ वर्तमान बजेटबाटै करिब रू एक खर्ब बराबर स्रोत जुटाउन सकिने बताएका थिए।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया