राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले अध्यादेश ल्याउने संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारमाथि यस्तो आरोप लगाएकी हुन्।
उनका अनुसार संविधानको धारा ११४ ले अध्यादेश ल्याउने अवस्था स्पष्ट रूपमा परिभाषित गरेको भए पनि सरकारले त्यसको मर्मविपरीत बारम्बार अध्यादेश जारी गरिरहेको छ।
ओलीले प्रतिनिधिसभालाई सरकारले बेवास्ता गरेको देखिएको भन्दै आलोचना गरिन्। उनले भनिन्, “प्रतिनिधिसभालाई सरकारले वेवास्ता गरेको हो कि भन्ने देखिन्छ । अझ भनौं प्रतिनिधिसभालाई छायामा पारेको हो कि भन्ने भान हुन्छ । प्रतिनिधिसभा सरकारको कठपुतली होइन ।”
साथै, उनले विगतमा रास्वपाले पनि संसद्मा यस्तै प्रश्न उठाउने गरेको स्मरण गर्दै अहिले त्यही धारणा राख्ने केही व्यक्तिहरू नै मन्त्रिपरिषद् सदस्य बनेको टिप्पणीसमेत गरिन्।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया