पूर्वराजालाई कारबाहीको माग गर्नेहरूले भ्रष्टाचारी समाएर देखाउनुस्: ज्ञानेन्द्र शाही
पूर्वराजालाई कारबाही गर्नुपर्ने माग उठेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमै प्रतिवाद गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले पूर्वराजालाई कारबाही गर्नुको सट्टा पहिले भ्रष्टाचारीहरूलाई समातेर देखाउन चुनौती दिएका हुन्।
“सरकारमा रहेका दलहरूलाई ठूलो डर छ राजाले कुन दिन लगेर थुन्नुहन्छ भनेर । बेलाबेलामा कराइ राख्नुहुन्छ,” शाहीले भने। उनले एमाले सांसद ठाकुर गैरेले पूर्वराजाको विषयमा उठाएको कारबाहीको मागलाई लक्षित गर्दै भने, “तपाईंले बनाएको कागजको खोस्टोमा श्री ५ महाराजधिराज हुनुहुन्न तर नेपालीको मन मनमा हुनुहुन्छ श्री ५ महाराजधिराज ।”
सांसद गैरेले श्री ५ बडामहाराजधिराज भनेर विज्ञप्ति निकाल्नेमाथि कारबाहीको माग गरेका थिए ।