निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई घरदैलो, सभा–सम्मेलन, जुलुस वा र्यालीमा दशभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नगर्न निर्देशन दिएको छ।
आयोगका अनुसार, मत माग्ने क्रममा कुनै पनि प्रचार–प्रसारमा राष्ट्रिय झण्डाको प्रयोग नगर्नु पर्नेछ। आयोगले स्पष्ट पारेको छ, “दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा दशभन्दा बढी झण्डा प्रयोग गर्न पाउने छैनन्।”
पछिल्लो समय निर्वाचनका लागि उम्मेदवारहरूले घरदैलो वा सभा–सम्मेलनमा राष्ट्रिय झण्डाको अत्यधिक प्रयोग गर्दै आएका थिए। यसले राष्ट्रिय झण्डाको गरिमामा प्रश्न उठाएको र सार्वजनिक विरोधसमेत भएको आयोगले जनाएको छ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया