नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ। मनोनयन दर्ता मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने व्यवस्था गरिएको थियो। देशभरिका १६५ मध्ये १६४ क्षेत्रमा नेकपाले उम्मेदवार खडा गरेको हो।
नेकपामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूकुम पूर्वबाट, सहसंयोजक माधवकुमार नेपाल ले रौतहट–१ बाट उम्मेदवारी दर्ता गरेका छन्। नेता झलनाथ खनाल र वामदेव गौतमले यसपटक उम्मेदवारी दिएका छैनन्। त्यस्तै, भीम रावल अछाम–१ र नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट उम्मेदवार बनेका छन्।
बागलुङमा नेकपाले राष्ट्रिय जनमोर्चासँग चुनावी सहकार्य गरेको छ। बागलुङ–१ मा जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारीलाई नेकपाले समर्थन गर्ने भएको छ। पहिले नेकपाले बागलुङ–१ बाट कृष्ण केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
बागलुङ–२ मा नेकपाका ज्ञामनाथ गैह्रेलालाई जनमोर्चाले समर्थन गर्ने भएको छ। त्यहाँ पहिला जनमोर्चाले भीमलाल पोखरेललाई उम्मेदवार बनाएको थियो। सहकार्यअनुसार बागलुङ–१ बाट नेकपा र बागलुङ–२ बाट जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गरेका छैनन्।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया