यसकारण घट्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, खराब कर्जा भने ०.२८ प्रतिशतमा सीमित

यसकारण घट्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, खराब कर्जा भने ०.२८ प्रतिशतमा सीमित

मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १०.०३ प्रतिशतले घटेर १३ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफामा गिरावट आउने मुख्य कारण बैंकको खुद ब्याज आम्दानी २१.३२ प्रतिशतले घटेर २५ करोड ९७ लाख रुपैयाँबाट २० करोड ४३ लाख रुपैयाँमा सीमित हुनु हो। यद्यपि, बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ। यसैगरी, बैंकको सञ्चालन आम्दानी पनि ३३ करोड ५२ लाख रुपैयाँबाट घटेर ३० करोड ०९ लाख रुपैयाँमा सीमित भएको छ।

चौथो त्रैमाससम्ममा मितेरी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात ०.८१ प्रतिशतबाट घटेर ०.२८ प्रतिशतमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी १ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १५ करोड ६१ लाख रुपैयाँ र जगेडा कोषमा ३४ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकको लाभांश क्षमता १४.०१ प्रतिशतबाट घटेर १२.८३ प्रतिशतमा सीमित भएको छ।

यसैगरी, बैंकको प्रतिसेयर आम्दानी १३.०४ रुपैयाँबाट घटेर १०.७१ रुपैयाँमा आएको छ। यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

MITERI https://bajarkochirfar.com/this-is-why-miteri-development-banks-profit-decreased-while-bad-loans-were-limited-to-0-28-percent | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स