नेसनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ५.१९ प्रतिशतले बढेर ४० करोड ८५ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्द नाफामा सुधार देखिएको हो।
कम्पनीको खुद बीमाशुल्क आर्जन १२ अर्ब ६२ करोड रुपैयाँबाट बढेर १४ अर्ब ७ करोड रुपैयाँमा पुगेको छ।
त्यस्तै गरी कम्पनीको कुल आम्दानी साढे १७ अर्ब रुपैयाँबाट बढेर १९ अर्ब ३७ करोड रुपैयाँमा पुगेको छ भने कुल खर्च पनि साढे १६ अर्ब रुपैयाँबाट बढेर १८ अर्ब ३२ करोड रुपैयाँमा पुगेको हो।
कम्पनीको चुक्ता पूँजी ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा ६१ करोड रुपैयाँ र जगेडा कोषमा ८५ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको १०.३३ रुपैयाँबाट बढेर १०.४९ रुपैयाँमा पुगेको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.४७ रुपैयाँ रहेको छ।
अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया