आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार समानुपातिक उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। सूचीमा पार्टीले नेपाली सेलेब्रिटीहरूलाई उच्च प्राथमिकता दिएको छ। रास्वपाले कलाक्षेत्रका ७ जना चर्चित नामलाई समानुपातिक उम्मेदवार बनाएको छ।
समानुपातिक सूचीमा गायक प्रकाश सपुत, गायिकाद्वय सत्यकला राई र त्रिशला गुरुङ, अभिनेता आशिफ साह, अभिनेत्री रिमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ, तथा पूर्वमिस्टर नेपाल र चिकित्सक डा. रूपक घिमिरे परेका छन्। सत्यकला राई आदिवासी महिला क्लस्टरमा, त्रिशला गुरुङ आदिवासी जनजाति क्लस्टरमा, रिमा दलित महिला क्लस्टरमा, आशिफ मुस्लिम पुरुष क्लस्टरमा, प्रकाश सपुत दलित पुरुष क्लस्टरमा र रूपक घिमिरे दलित पुरुष क्लस्टरको नम्बर एकमा परेका छन्।
सपुत गीतकार, संगीतकार, अभिनेता र निर्देशक हुन् भने अनुष्का उद्यमी पनि हुन्। सोमबार रास्वपा सभापति रवि लामिछाने, मेयर बालेन्द्र साह र कुलमान घिसिङबीच एकताको सहमति भएको थियो, जसअनुसार अन्तिम समानुपातिक सूची आयोगमा बुझाइएको हो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया