गाउँमा नयाँ दलका मतदाता छैनन्,मतदान प्रक्रिया नसुध्रिए बहुमत ‘पशुपतिनाथकै भरोसा’:जेनजी अगुवा भावना राउत

गाउँमा नयाँ दलका मतदाता छैनन्,मतदान प्रक्रिया नसुध्रिए बहुमत ‘पशुपतिनाथकै भरोसा’:जेनजी अगुवा भावना राउत

जेनजी अभियन्ता भावना राउतले नेपालको वर्तमान निर्वाचन प्रणाली र मतदान प्रक्रियामा सुधार नआएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन्। निर्वाचन नजिकिँदै गर्दा पनि ‘बेजिल्ला भोटिङ’ को व्यवस्था हुन नसक्नु र यसप्रति राजनीतिक दलहरूको उदासीनता विडम्बनापूर्ण रहेको उनको टिप्पणी छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राउतले प्रधानमन्त्री बन्न चाहने र बहुमत खोज्ने दलहरू नै भोटिङ अधिकारको विषयमा गम्भीर नदेखिएको आरोप लगाएकी छन्। भोटिङ प्रक्रियामा सुधारको माग गर्दै पटक–पटक आवाज उठाउँदा पनि सम्बन्धित पक्षले बेवास्ता गरिरहेको उनको भनाइ छ।

उनले केवल विज्ञप्ति बुझाएर मात्र माग पूरा हुने सोचलाई अदूरदर्शी ठहर गरिन्। संवैधानिक निकायहरूको कार्यशैली र प्रणालीगत कमजोरी नबुझी औपचारिकता पूरा गर्नुमात्र समाधान नभएको उनको तर्क छ। ‘विज्ञप्ति बुझाएर मात्रै हुने भए त के हुन्थ्यो र ?’ भन्दै उनले प्रश्नसमेत उठाएकी छन्।

पुराना दलको विकल्पका रूपमा उदाएका नयाँ दलतर्फ संकेत गर्दै राउतले उनीहरूका वास्तविक मतदाता गाउँमा नभएको दाबी गरिन्। उनका अनुसार नयाँ दललाई समर्थन गर्ने मतदाता रोजगारी र अध्ययनका कारण सहर वा विदेशमा छन्।

‘तपाईंहरूका मतदाता गाउँमा छैनन्,’ उनले भनेकी छन्, ‘रोजगारी र पढाइको सिलसिलामा सहर वा विदेशमा छन्। यी मतदाताले मतदान गर्न सक्ने व्यवस्था नै ल्याउन सकेनौँ भने, तपाईंले ल्याउने बहुमत त पशुपतिनाथ भरोसा मात्रै हो।

काठमाडौंमै बसेर गाउँको निर्वाचनबारे ठूला कुरा नगर्न आग्रह गर्दै राउतले जमिनको यथार्थ बुझ्न राजनीतिक दलहरूलाई सचेत गराएकी छन्।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स