कर्णाली प्रदेशको हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले हाल वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रक्रिया सुरु गरेको हो। आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्नेछ, जुन हुम्लाको खार्पुनाथ र सर्केगाड गाउँपालिकामा पर्नेछ। आयोजना निर्माणका लागि ४७.१३ हेक्टर जमिन आवश्यक छ।
कर्णाली नदीमा आधारित यो आयोजना हिम नदी स्रोत भएकाले अत्यन्त महत्त्वपूर्ण मानिएको छ। प्रस्तावित डिजाइन डिस्चार्ज ११८.७० घनमिटर प्रतिसेकेन्ड रहनेछ। आयोजना अन्तर्गत दुई डाइभर्सन सुरुङ (५४५ र ५४२ मिटर लम्बाइ, ९.५ मिटर व्यास) बनाइनेछन्। सुक्खायाममा ६०९.८९ गिगावाट घन्टा र वर्षायाममा ११८४.८३ गिगावाट घन्टा ऊर्जा उत्पादन हुने अनुमान छ। उत्पादित बिजुली २० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ।
निर्माणका क्रममा ५६ घरधुरी प्रभावित हुने र १८८ रुख काटिनुपर्ने अनुमान गरिएको छ। आयोजनाको कुल लागत ७२ अर्ब ९० करोड रुपैयाँ रहनेछ, जसअनुसार प्रतिमेगावाट लागत २१ करोड ७६ लाख रुपैयाँ पर्छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया