प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, अमनचैन र दिगो लोकतन्त्र स्थापना गर्ने एकमात्र लोकतान्त्रिक माध्यम निर्वाचन भएको भन्दै यस प्रक्रियामा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेकी छन्।
शनिबार बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान का अगुवा दुर्गा प्रसाईंसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुक अब निर्वाचनको चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट राख्न आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले मुलुकले अब थप अस्थिरता र अशान्ति धान्न नसक्ने अवस्था आएको बताउँदै जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउने निर्वाचन नै लोकतान्त्रिक निकासको एकमात्र विकल्प भएको स्पष्ट पारिन्।
‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति र सुव्यवस्थातर्फ फर्काएका छौँ,’ उनले भनिन्, ‘सबै प्रकारका संशय चिर्दै देश पूर्णरूपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो संवेदनशील घडीमा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा गरिएको

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया