अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण गरेको छ।
संघका अनुसार उत्पादन घटेको र खपत बढेको कारणले मूल्य समायोजन गरिएको हो। नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५०० रुपैयाँ र मध्यम अण्डाको मूल्य ४५० रुपैयाँ कायम गरिएको छ।
अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँले मूल्य वृद्धि गरिएको हो।




















प्रतिकृया