अण्डाको मूल्य फेरि बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २२ गते
अण्डाको मूल्य फेरि बढ्यो, प्रतिक्रेट कति पुग्यो ?
AdvertisementAds

अण्डाको मूल्य फेरि वृद्धि भएको छ। १० दिनअघि मात्र बढेको मूल्य मंगलबार (भोलि)देखि लागू हुनेगरी पुनः बढ्न लागेको हो।

नेपाल लेयर्स कुखुरापालक संघले प्रतिक्रेट २० रुपैयाँ थप वृद्धि गर्दै नयाँ मूल्य सार्वजनिक गरेको छ। नयाँ दर अनुसार सबैभन्दा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५८० रुपैयाँ पुगेको छ। त्यस्तै, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५६५ रुपैयाँ र मध्यम अण्डाको मूल्य प्रतिक्रेट ५५० रुपैयाँ तोकिएको छ।

यसअघि, मंसिर १३ गते संघले सबैभन्दा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ र मध्यम अण्डाको ५३० रुपैयाँ निर्धारण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स