इरानमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले भन्यो, “जतिसक्दो चाँडो देश छोड्नुस्, कागजात साथमै राख्नुस्”

इरानमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले भन्यो, “जतिसक्दो चाँडो देश छोड्नुस्, कागजात साथमै राख्नुस्”
AdvertisementAds

सरकारले इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो स्वदेश फर्किन सिफारिस गरेको छ। अमेरिका र इरानबीच बढ्दै गएको तनावलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान भ्रमण स्थगित गर्न सल्लाह दिएको हो।

मन्त्रालयले भन्यो, “पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ। हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो त्यहाँ छोड्न सल्लाह दिन्छौँ।”

सरकारले इरानमा रहेका नागरिकलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू—पासपोर्ट, परिचयपत्रलगायत—सजिलै भेटिने स्थानमा राख्न पनि निर्देशन दिएको छ। साथै, नेपालस्थित दूतावास र कतारस्थित दूतावाससँग सम्पर्कमा रहन पनि मन्त्रालयले सुझाएको छ।

हाल इरानमा कति नेपाली रहेका छन् भन्ने स्पष्ट तथ्यांक उपलब्ध छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स