कृषि मन्त्रालयले डीडीसीको महाप्रबन्धक पदका लागि दरखास्त माग्यो, कसरी दिने आवेदन ?

कृषि मन्त्रालयले डीडीसीको महाप्रबन्धक पदका लागि दरखास्त माग्यो, कसरी दिने आवेदन ?

सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को रिक्त महाप्रबन्धक पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै उक्त पद खुला प्रतिस्पर्धाबाट भर्न निर्णय भएको जनाएको छ।

सूचनाअनुसार, योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिदेखि २१ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति भदौ २१ तोकिएको छ। अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट कार्यालय समयभित्र आवेदन पेस गर्न सकिने व्यवस्था गरिएको छ।

आवेदन गोप्य सिलबन्दी खाममा राखी सिंहदरबारस्थित मन्त्रालयको कर्मचारी प्रशासन शाखामा बुझाउनुपर्नेछ। विस्तृत विवरण, आवश्यक योग्यता तथा आवेदन फारम मन्त्रालयको वेबसाइट वा दुग्ध विकास संस्थानको वेबसाइट मार्फत डाउनलोड गर्न सकिने मन्त्रालयले जनाएको छ।

ddc 253S3sggJI https://bajarkochirfar.com/the-ministry-of-agriculture-has-invited-applications-for-the-post-of-general-manager-of-ddc-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स