नेपाली कांग्रेसका सभापति गगन थापाले सुधारको ग्यारेन्टी लिएर आफू अगाडि उभिएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आगामी पाँच वर्ष खेर नफाल्ने दृष्टि र स्पष्ट योजना सहित जनता सामु आएको बताए।
सभापति थापाले भने, “नेपाललाई अहिले सुधार आवश्यक छ। सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँ। संकल्प र योजना सहित, कुन दिन के गर्ने? विगत १०–१२ वर्षमा जसरी विकास हुनुपर्थ्यो, त्यो हुन सकेन। अबको पाँच वर्ष हामी खेर फाल्दैनौँ। यसलाई सम्हाल्नुपर्छ।”
थापाले देश परिवर्तनका लागि केवल आवेग, रिस वा उत्तेजना पर्याप्त नहुने बताए। देशमा रहेका सबै राजनीतिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता भएको र त्यस भूमिका नेपाली कांग्रेसले निर्वाह गर्ने उनको दाबी छ। उनले जोड दिए, “देश उत्तेजना, रिस वा आवेगले मात्र बदलिन्न।
असल र बाँकी रहेका खराब कुरा छुट्याएर अघि बढिनुपर्छ। हामी भिन्न राजनीतिक दल हौँ, प्रतिस्पर्धा गर्छौँ, तर देश निर्माणका लागि सबै दलहरू आवश्यक छन् — एमाले, माओवादी, रास्वपा, जसपा सबै चाहिन्छ। सबैलाई समेटेर अघि बढाउने राजनीति आज नेपाली कांग्रेसले गर्दैछ।”
















प्रतिकृया