अब बिमा दाबी तथा भुक्तानीको जानकारी एसएमएस मार्फत गराउन पर्ने प्राधिकरणको निर्देशन

अब बिमा दाबी तथा भुक्तानीको जानकारी एसएमएस मार्फत गराउन पर्ने प्राधिकरणको निर्देशन
Advertisement Ads

नेपाल बिमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरुलाई बिमा दाबी तथा भुक्तानीको जानकारी एसएमएस मार्फत बीमितलाई गराउन निर्देशन दिएको छ । प्राधिकरणले पुस ४ गतेको निर्णयानुसार निर्देशन जारी गरिएको जनाएको छ ।

प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरुलाई बिमा दाबी निवेदन आएपछि दर्ता गरेर सोको जानकारी एसएमएस मार्फत बीमितलाई गराउन निर्देशन दिएको हो । निर्जीवन बिमाको क्षति मूल्यांकन गर्न सर्भेयर खटाएको तथा प्रतिवेदन प्राप्त भएको सूचना बीमितलाई गराउन पनि भनिएको छ ।

त्यस्तै, इन्स्योरेन्स कम्पनीहरुलाई बिमा दायित्वको रकम बिमितको बैंक खातामा डिजिटल माध्यमबाट भुक्तानी गर्न भनेको छ । लाइफ इन्सुरेन्स कम्पनीले दाबी भुक्तानी बापत् बीमितलाई भुक्तानी गर्नुपर्ने रकम दाखिला नगरेसम्म अन्य बिमालेखको रकम समायोजन गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

Screenshot 29 12 2024 121714 nia.gov .np https://bajarkochirfar.com/the-instructions-of-authority-is-that-the-information-about-insurance-claim-and-payment-should-be-through-sms | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स