राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दै ज्यादती गरेको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण गराएको छ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा आयोगमा पुगेको रास्वपाको टोलीले बुधबार ज्ञापनपत्र बुझाएको हो। रास्वपाले उच्च अदालतको आदेश नआउँदै हातहतियारसहित लामिछानेको घरमा छापा मारिएको, अभद्र व्यवहार गरिएको र न्यायिक प्रक्रिया नअपनाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गरेको छ।
आयोगले घटनाको छानबिन गर्ने प्रतिबद्धता जनाएको छ। लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि रूपन्देही कारागारमा थुनिएको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया