insta insta

बीमा र वित्तीय प्रणालीले नसमेटेको क्षति सरकारले व्यहोर्ने

बीमा र वित्तीय प्रणालीले नसमेटेको क्षति सरकारले व्यहोर्ने
Advertisement Ads

अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षति बीमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा सरकारले व्यहोर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले असोज ७ गते आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन बुझ्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।

नाफिजले तयार पारेको ‘जेनजी आन्दोलन ( ध्वंसपछिको अर्थतत्रको मार्गचित्र’ नामक प्रतिवेदन ग्रहण गर्दै मन्त्री खनालले आन्दोलनका क्रममा निजी क्षेत्रको क्षति कतैबाट कभर नभए सरकारले व्यहोर्ने बताएका हुन् ।

WhatsApp Image 2025 10 25 at 4.34.49 PM https://bajarkochirfar.com/the-government-will-bear-the-losses-not-covered-by-the-insurance-and-financial-systems | %tags

“कतिपय बजार प्रक्रियाबाटै व्यवस्थित हुन्छ । पुननिर्माण गर्नको निमित्त ऋण लगानीको प्रबन्ध गरिएको छ,” मन्त्री खनालले भने,  “भुक्तानी गर्नको निमित्त अहिले भैरहेको ऋणको म्याद थपिएको छ । कतिपय बीमा गरेकाको त्यहाँबाट कभर हुन्छ । बीमा, बैंक तथा वित्तीय प्रणालीले पनि नव्यहोरेको र बजार प्रक्रियाले पनि कभर गर्न नसक्ने खालको क्षतिबापत चाहिँ सरकार स्वयमले केही व्यवस्थापन गर्नुपर्छ भनेर हामीले बोलिरहेकै छौं ।”

हाल क्षतिको आधिकारिक तथ्यांक सरकारले संकलन गरिरहेको बताएका छन् । क्षतिको विवरण आएपछि व्यवसायीलाई सरकारबाट आवश्यक सहयोग हुने मन्त्री खनालको भनाइ छ ।

अहिलेसम्म आधिकारिक तथ्यांक आइनसकेको र टास्क फोर्समार्फत क्षतिको विवरण संकलनको काम भइरहेको बताएका हुन् ।

‘लस’ र ‘ड्यामेज’ भएको सम्पत्तिको तथ्यांक संकलनको काम भइरहेकोले त्यहाँबाट आउने रिपोर्टका आधारमा व्यवसायहरुले गुमाएको सम्पत्ति पुनस्थापना गर्नको निमित्त सरकारले सहयोग गर्ने मन्त्री खनालले बताए । आन्दोलनबाट भएको क्षतिलाई सरकारले मिहिन रूपमा हेरेको भन्दै उनले थपे, “व्यवसायहरुले गुमाएको सम्पत्ति पुनस्थापना गर्नको निमित्त सरकारले अनुदानको रुपमा हो कि सफ्ट लोनको रुपमा हो, त्यो चाहिँ हामी गर्छौ । त्यो काम अहिलेको सरकारले आफ्नो कार्यकाल भित्रै गरेर छोड्छ ।”

यो सरकारले नीतिगत स्थिरताको बाटो बनाउने काम गर्ने उनको भनाइ छ । अहिलेको सन्दर्भमा कानुनै बनाएर त्यसलाई निरन्तरता दिन सक्ने सम्भावना नभएको पनि खनालले बताए । यो सरकारले निर्वाचन गराउने भएकाले अरु कानुन बनाउन अध्यादेश जारी गर्न पनि सहज नभएको मन्त्री खनालको भनाइ छ । “यो सरकारलाई निर्वाचनसँग सम्बन्धित बाहेक अरु विषयमा कानुन बनाउनको निमित्त अध्यादेश लाउनलाई त्यति राजनीतिक रुपमा सहज छैन,” खनालले भने, “प्रक्रियागत रूपमा मन्त्रिपरिषदको निर्णयबाट गर्न सकिने कामहरु हामीले गर्छौ । हामीले आवश्यक कानुनको ग्राउन्ड वर्क तयार गरेर मस्यौदा तयार गरेर अर्को सरकारलाई जिम्मा दिने काम चाहिँ गर्न सक्छौ ।”

WhatsApp Image 2025 10 25 at 4.34.45 PM 1 https://bajarkochirfar.com/the-government-will-bear-the-losses-not-covered-by-the-insurance-and-financial-systems | %tags
नाफिजले जेनजी आन्दोलनपछि सबै क्षेत्रका वक्ताहरुलाई एकै स्थानमा भेला गरेर ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ नामक डिष्कोर्स कार्यक्रम आयोजना गरेको थियो । शनिबार उक्त कार्यक्रमको प्रतिवेदन अर्थमन्त्री खनाललाई हस्तान्तरण गर्दै नाफिजकी अध्यक्ष मेनुका कार्कीले भूकम्प, नाकाबन्दी र कोभिडले थलिएको अर्थतन्त्र क्रमशः सुधारोन्मुख भइरहेका बेला जेनजी आन्दोलनका क्रममा भएको घुसपैठले थप क्षतिग्रस्त हुन पुगेको बताउँदै त्यसको पूर्ति गर्न ठूलो स्रोत र साधन खर्चिनु पर्ने आवश्यकता औल्याएकी छन् ।

WhatsApp Image 2025 10 25 at 4.34.47 PM https://bajarkochirfar.com/the-government-will-bear-the-losses-not-covered-by-the-insurance-and-financial-systems | %tags

नाफिजले आयोजना गरेको उक्त छलफलमा विभिन्न क्षेत्रका १५ जना व्यवसायीको सहभागिता रहेको तर, पोखरा, वीरगञ्ज र विराटनगर जस्ता क्षेत्रबाट कार्यक्रममा सशरीर उपस्थित हुन नसकेका व्यवसायीहरुको पनि आवाज उक्त प्रतिवेदनमा समेटिएको अध्यक्ष कार्कीले जानकारी दिएकी छिन् । नाफिजले तयार पारेको यो उक्त प्रतिवेदन सरकारलाई आगामी दिनमा नीति निर्माणमा सहयोगी हुने अपेक्षा नाफिजले लिएको अध्यक्ष कार्कीले बताइन् । यसका साथै जेनजी आन्दोलनबाट भएको क्षतिको बारेमा बुझ्न र जान्न चाहने अनुसन्धानकर्तालाई पनि उक्त प्रतिवेदन उपयोगी हुने नाफिजको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स