SHAREHUBSHAREHUB

सरकारले गर्यो भन्सार कार्यालय प्रमुखहरूको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

AdvertisementAds
सरकारले गर्यो भन्सार कार्यालय प्रमुखहरूको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?
AdvertisementAds

सरकारले मुख्य भन्सार कार्यालयका भन्सार प्रमुखहरूको जिम्मेवारीमा हेरफेर गरेको छ। हालै वीरगञ्ज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र मेची भन्सार कार्यालयका प्रमुखहरूको सरुवा गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखमा यसअघि वीरगञ्ज भन्सारमा कार्यरत विष्णुप्रसाद ज्ञवालीलाई जिम्मेवारी दिइएको छ। विमानस्थल भन्सारका पूर्वप्रमुख टंक लम्सालको भने अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

वीरगञ्ज भन्सार कार्यालयको प्रमुखमा कृष्ण मैनालीलाई सरुवा गरिएको छ। उनी यसअघि अर्थ मन्त्रालयमा कार्यरत थिए। यस्तै, मेची भन्सारका प्रमुख हरपहर पौडेललाई भैरहवा भन्सार कार्यालयमा सरुवा गरिएको छ भने भैरहवा भन्सारमा रहेका शिवलाल न्यौपानेलाई मेची भन्सार कार्यालयको प्रमुखका रूपमा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स