सरकारले तेस्रो पटक सूचना जारी गर्दै भन्यो, “नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जालहरु १ महिनाभित्र दर्ता नभए बन्द गर्छौं”

सरकारले तेस्रो पटक सूचना जारी गर्दै भन्यो, “नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जालहरु १ महिनाभित्र दर्ता नभए बन्द गर्छौं”
Advertisement Ads

नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न एक महिनाभित्र दर्ता अनिवार्य गर्ने चेतावनी दिएको छ। बिहीबार तेस्रो पटक सूचना जारी गर्दै मन्त्रालयले फेसबुक, इन्स्टाग्राम, एक्स (पूर्व ट्विटर) जस्ता प्लेटफर्महरू नेपालमा दर्ता नभए रोक लगाइने जनाएको छ।

यसअघि पनि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा दर्ता गर्न आग्रह गर्दै चेतावनी जारी गरेको थियो। अब, तोकिएको समयभित्र दर्ता नगरे नेपालभित्र सञ्चालन गर्न नपाउने मन्त्रालयको स्पष्ट निर्देश छ।

सूचनामा भनिएको छ, “तोकिएको समयभित्र सूचीकृत नहुने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम नेपालमा सञ्चालनमा रोक लगाउन सकिनेछ।” मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्नका लागि यो कदम चालेको बताएको छ।

485341194 1286655543099139 5916197077305990361 n https://bajarkochirfar.com/the-government-has-issued-a-notice-for-the-third-time-saying-we-will-close-social-media-platforms-including-facebook-in-nepal-if-they-are-not-registered-within-1-month | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स