SHAREHUBSHAREHUB

सरकारले सार्वजनिक यातायातको भाडा बढायो, नयाँ भाडा अनुसार कहाँको भाडा कति ?

AdvertisementAds
सरकारले सार्वजनिक यातायातको भाडा बढायो, नयाँ भाडा अनुसार कहाँको भाडा कति ?
AdvertisementAds

सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गर्दै वृद्धि गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार नयाँ भाडादर लागू हुने गरी सोमबारदेखि (२०८१ पुस २२) कार्यान्वयनमा आएको छ।

यातायात व्यवस्था विभागले बजार अध्ययनका आधारमा भाडादर समायोजन गरेको हो। श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी, र मुनाफाजस्ता मुख्य सूचकहरूको मूल्यवृद्धि विश्लेषण गर्दै नयाँ दर निर्धारण गरिएको विभागले जनाएको छ।

२०७२ को संविधान र सार्वजनिक यातायात व्यवस्था ऐन २०४९ अन्तर्गत, दुई वा सोभन्दा बढी प्रदेशको रूटमा सञ्चालन हुने यात्रुवाहक र मालवाहक सवारी साधनका लागि भाडादर समायोजन गरिएको हो।

नयाँ समायोजनअनुसार:

  • यात्रुवाहक सवारी साधनको भाडा ३.३० प्रतिशतले वृद्धि भएको छ।
  • पहाडी मार्गमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ०.८१ प्रतिशतले बढेको छ।
  • तराई मार्गमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले वृद्धि भएको छ।

भाडा समायोजन अन्तरप्रदेशका छोटो, मध्यम, र लामो दूरीका सार्वजनिक यातायातका सबै रूटमा लागू हुनेछ। डिलक्स र सुपर डिलक्स सुविधा प्रदान गर्ने सवारी साधनले तोकिएको भाडामा २० प्रतिशतसम्म थप शुल्क लिन पाउनेछन्। यसका लागि सवारी साधनको ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने प्रावधान रहेको छ।

AdvertisementAds

यहाँ क्लिक गरेर हेर्नुहोस् कहाँको भाडा कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स