सार्वजनिक यातायात र ढुवानीको भाडा ह्वात्तै बढ्यो, कुन ठाउँमा कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २५ गते
सार्वजनिक यातायात र ढुवानीको भाडा ह्वात्तै बढ्यो, कुन ठाउँमा कति पुग्यो ?
सांकेतिक तस्बिर
AdvertisementAds

सरकारले सार्वजनिक यातायात र मालवाहक सवारी साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक स्वीकृति पाएपछि नयाँ भाडादर कार्यान्वयनको तयारी गरेको हो।

प्राप्त जानकारी अनुसार, सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य वृद्धि गरिएको छ; पहाडी क्षेत्रमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा १५.७५ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई आधार बनाएर तथा अन्य प्राविधिक कारणको परिप्रेक्ष्यमा, लामो समयदेखि यातायात व्यवसायीहरूले भाडा समायोजनको माग गर्दै आएका थिए। नयाँ भाडादर लागू भएपछि सर्वसाधारणको दैनिक यात्रा खर्च र उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्न सक्ने देखिएको छ।

यस्तो छ भाडा वृद्धिदर 

सार्वजनिक यातायात: १६.७१%

पहाडी क्षेत्र (ढुवानी): २१.६८%

तराई क्षेत्र (ढुवानी): १५.७५%

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स