एनआईसी एशिया बैंक लिमिटेडले ७ लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ। बैंकले यी सेयर सबैले किन्न सक्ने गरी खुला लिलामीमा राखेको हो, जसमा इच्छुक कुनै पनि लगानीकर्ताले भाग लिन सक्नेछन्।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ। आवेदन दिने लगानीकर्ताले कम्तीमा १,००० कित्ता माग गर्नु पर्नेछ भने बढीमा १०० ले बाँडफाँड हुने गरी निःशेष भाग वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ।
सेयर खरीद गर्न चाहने लगानीकर्ताले गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ। बोलपत्र बुझाउने म्याद आज चैत २६ गतेदेखि वैशाख ९ गतेसम्म तोकिएको छ। बोलपत्र काठमाडौँको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा बुझाउनु पर्नेछ।
बैंकका अनुसार प्राप्त बोलपत्रहरू वैशाख १० गते बिहान १० बजे एनएमबि क्यापिटलकै कार्यालयमा खोलिनेछ। इच्छुक लगानीकर्ताहरूले समयमै आवेदन पेश गरी सहभागी हुन बैंकले अनुरोध गरेको छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया