लाभांश पारित गर्न स्वरोजगार लघुवित्तको साधारण सभा आज बस्दै, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २९ गते
लाभांश पारित गर्न स्वरोजगार लघुवित्तको साधारण सभा आज बस्दै, कति दिँदैछ लाभांश ?

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा आज वैशाख २९ गते बस्दैछ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११:३० बजे सुरु हुने कार्यक्रम तय गरिएको छ।

सभामा १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, मर्जर तथा एक्विजिशनसम्बन्धी प्रक्रिया अघि बढाउन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, तथा नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि प्रस्तुत हुनेछन्।

यसअघि कम्पनीले वैशाख ११ गते बुक क्लोज गरिसकेको थियो। त्यसअनुसार, वैशाख १० गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीहरूलाई साधारण सभामा सहभागी हुने र लाभांश प्राप्त गर्ने अधिकार प्राप्त हुनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स