पूर्वअर्थमन्त्री पुन भन्छन्, निकायमा सरकारसँग ट्युनिङ मिल्नेहरू हुँदा पनि किन अर्थतन्त्र सुधार नभएको?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २७ गते
पूर्वअर्थमन्त्री पुन भन्छन्, निकायमा सरकारसँग ट्युनिङ मिल्नेहरू हुँदा पनि किन अर्थतन्त्र सुधार नभएको?

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले लगानीकर्तालाई विश्वासमा लिन नसकेका कारण अर्थतन्त्रको शिथिलता अन्त्य हुन नसकेको बताएका छन् ।

उनले प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बुधबार बोल्दै सरकार अर्थतन्त्र चलायमान बनाउन चुकेको बताए ।

नियामक निकायका पदाधिकारीहरू वर्तमान सरकारको नेतृत्वमा रहेका दलसँग ट्युनिङ मिल्ने व्यक्तिहरू नै रहेको चर्चा गर्दै उनले त्यसका परिणाम अर्थतन्त्रमा देख्न नपाइएको उल्लेख गरे । ‘नेपाल राष्ट्रबैंक, धितोपत्र बोर्ड र बिमा प्राधिकरणजस्ता नियामक निकायले अर्थतन्त्र चलायमान बनाउन भूमिका निर्वाह गर्छन्’, पुनले प्रश्न गरे, ‘ती निकायको नेतृत्वमा अहिलेको सरकारसँग ट्युनिङ मिल्नेहरू नै छन् । तर, किन रिजल्ट आएन रु आन्तरिक र बाह्य लगानीकर्तामा कन्फिडेन्स किन छैन ?’ ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स