SHAREHUBSHAREHUB

रवि लामिछाने जिम्मेवारीमा फर्किएपछि रास्वपाको पहिलो सचिवालय बैठक सुरु

AdvertisementAds
रवि लामिछाने जिम्मेवारीमा फर्किएपछि रास्वपाको पहिलो सचिवालय बैठक सुरु
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आइतबार दिउँसो काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।

पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको यो बैठक उनी जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक हो।

प्रवक्ता झाका अनुसार बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा छलफल हुँदैछ। केन्द्रीय समिति बैठकको तयारीस्वरूप सचिवालय बैठक बोलाइएको उनले जानकारी दिए।

आजको बैठकमा रास्वपाले यसअघि नेपाल उज्यालो पार्टीसँग गरेको एकता सहमति र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग भएको राजनीतिक समझदारीका विषयमा समेत छलफल हुने बताइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स