कर्मचारी सञ्चय कोषले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

कर्मचारी सञ्चय कोषले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

कर्मचारी सञ्चय कोषले ३८ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार गोरखापत्र दैनिकमा प्रकाशित सूचनाका अनुसार, आठौं तहदेखि पाँचौं तहसम्म विभिन्न पदमा कर्मचारी माग गरिएको छ।

कोषले प्रबन्धक १ जना, उपप्रबन्धक ४ जना, सहायक प्रबन्धक ११ जना (विभिन्न समूहमा), र प्रमुख सहायक २२ जना गरी कुल ३८ जनाको लागि आवेदन खुला गरेको हो।

हरेक पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक फरक तोकिएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्नेछन्।

karmachari sanchaya kosh 1742518628 scaled e1742522240489 https://bajarkochirfar.com/the-employees-provident-fund-has-asked-for-a-large-number-of-employees-for-which-positions-can-applications-be-made | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स