सम्पत्ति शुद्धीकरण विभागले देउवा, ओली, प्रचण्ड र दीपक खड्काकाे सेयर कारोबारदेखि जग्गाकाे विवरण पठाउन निकायहरूमा पठायो पत्र

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २१ गते
सम्पत्ति शुद्धीकरण विभागले देउवा, ओली, प्रचण्ड र दीपक खड्काकाे सेयर कारोबारदेखि जग्गाकाे विवरण पठाउन निकायहरूमा पठायो पत्र

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शीर्ष नेताहरूको सम्पत्तिमा अनुसन्धान तीव्र बनाएको छ। यस क्रममा विभागले नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रार, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र भूमिसुधार तथा मालपोत विभागमा पत्राचार गरी विवरण पठाउन भनेको छ।

विभागले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा र पुत्र जयवीर देउवाका बैंक खाता, सेयर कारोबार र जग्गाका विवरण मागेको छ। यस्तै पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता दीपक खड्काका विवरण पनि मागिएको छ।

राष्ट्र बैंकमार्फत खातामा मौज्दात र वित्तीय कारोबार पठाउन पत्राचार गरिएको छ भने कम्पनी रजिस्ट्रार, सिडिएस र मालपोतमार्फत कम्पनी, धितोपत्र र घरजग्गाका विवरण मागिएको छ। शीर्ष नेताका घरमा भेटिएका पैसामा फरेन्सिक परीक्षण भइरहेको छ। विभागका अनुसार प्रारम्भिक अनुसन्धान जारी छ र छुट्टै टोलीमार्फत काम भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स