सहकारी विभागले सात बुँदे निर्देशन जारी गर्दै सहकारी संस्थाको वार्षिक साधारणसभामा कडाइ गरेको छ। सहकारी सिद्धान्तअनुसार बैठक सञ्चालन, कार्यविधि र निर्णय प्रमाणीकरणमा स्पष्टता ल्याउन यो निर्देशन जारी गरिएको विभागले जनाएको छ।
नयाँ प्रावधानअनुसार सहकारी संस्थाले साधारणसभाको सूचना ३० दिनअघि नै प्रस्तावहरुसहित प्रकाशित गर्नुपर्नेछ। दुई हजार वा सोभन्दा बढी सदस्य भएका संस्थाले साधारणसभा गर्दा स्थानीय तहका प्रतिनिधि उपस्थित गराई निर्णय प्रमाणित गर्नुपर्नेछ। भौगोलिक कारणले सबै सदस्य एकै ठाउँमा भेला हुन नसक्ने संस्थाले बढीमा सात इकाइ बनाएर सभा गर्न पाउनेछन्।
सहकारी ऐन, २०७४ अनुसार सबै संस्थाले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्नुपर्छ र सभा सकिएको १५ दिनभित्र सम्पूर्ण विवरण कोपोमिस प्रणालीमार्फत विभागमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।


![सहकारी विभागले साधारणसभा पारदर्शी बनाउन दियो यस्तो ७ बुँदे निर्देशन [सूचनासहित]](https://bajarkochirfar.com/wp-content/uploads/2025/11/Stay-Updated-With-3-3-1024x538.png)

![bizshort | सहकारी विभागले साधारणसभा पारदर्शी बनाउन दियो यस्तो ७ बुँदे निर्देशन [सूचनासहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/the-department-of-cooperatives-has-issued-7-point-instructions-to-make-the-general-meeting-transparent Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/bizshort.png)
![corporate | सहकारी विभागले साधारणसभा पारदर्शी बनाउन दियो यस्तो ७ बुँदे निर्देशन [सूचनासहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/the-department-of-cooperatives-has-issued-7-point-instructions-to-make-the-general-meeting-transparent Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/corporate.png)
![ipo calander | सहकारी विभागले साधारणसभा पारदर्शी बनाउन दियो यस्तो ७ बुँदे निर्देशन [सूचनासहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/the-department-of-cooperatives-has-issued-7-point-instructions-to-make-the-general-meeting-transparent Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/ipo-calander.png)









![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया