संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडसम्बन्धी भएको छेडखानीको छानविन गर्न गठित संसदीय विशेष छानविन समितिको म्याद सात दिन थपिएको छ। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले पेश गरेको म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले स्वीकृति दिएको हो।
यसअघि असार २३ गते बसेको प्रतिनिधि सभा बैठकले विधेयकमा उल्लेखित कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीबारे अध्ययन तथा छानविन गर्न विशेष समिति गठन गरेको थियो। समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई/दुई जना तथा माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक/एक जना गरी कुल सात सदस्य रहेका छन्।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया