खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले भदौ ३ गतेदेखि बिक्री खुला गरेको हकप्रदमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा, अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो। यसअनुसार ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याइएको छ। हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले आवेदन दिन सक्नेछन्।
यस निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी इश्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सो क्यापिटलसहित कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया