पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्र नाजुक अवस्थामा रहेको बताएकी छन्।बिहीवार काठमाडौंमा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले “खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको” टिप्पणी गरेकी छन्।उनले आयातमा आधारित भन्सारले अर्थतन्त्र चलिरहेको, व्यापार घाटा बढिरहेको, वैदेशिक ऋण बढिरहेको र दलाल पुँजी फस्टाइरहेको बताइन्। साथै, राष्ट्रिय पुँजी फस्टाउन नसक्दा दिगो विकासका लागि अवस्था दुःखद भएको उनको भनाइ थियो।
‘हाम्रो देशको अर्थतन्त्र, मैले त पहिला पनि भन्ने गरेको छु । यहाँ पनि भन्छु । खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको छ । आयातमा आधारित भन्सारमा चलिरहेको छ । त्यसले व्यापार सन्तुलन भइरहेको छैन । व्यापार घाटा भइरहेको छ । वैदेशिक ऋण बढिरहेको छ । दलाल पुँजी फस्टाइरहेको छ । राष्ट्रिय पुँजी फस्टाउन सकिरहेको छैन । यो दिगो विकासका लागि अत्यन्तै दुःखदायी परिस्थिति हो ।’ उनले भनिन।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया