SHAREHUBSHAREHUB

भृकुटीमण्डपमा वर्षौंदेखि भाडा नतिरेका यी सटलहरूमा परिषद्ले ताला लगायो

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ३० गते
AdvertisementAds
भृकुटीमण्डपमा वर्षौंदेखि भाडा नतिरेका यी सटलहरूमा परिषद्ले ताला लगायो
AdvertisementAds

काठमाडौंको भृकुटीमण्डपस्थित सटलहरूमा वर्षौंदेखि भाडा नतिरेपछि समाजकल्याण परिषद्ले आज ताला लगाएको छ। सुरक्षाकर्मीको सहयोगमा २० वटा सटलहरूमा ताला लगाइएको हो।

परिषद्का अनुसार सबैभन्दा बढी भाडा बक्यौता काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको रहेको छ। उक्त संस्थाले स्टल नम्बर ६८ र स्टल नम्बर ३४ दुवैको भाडा तिर्न बाँकी छ।

त्यसैगरी, राष्ट्रिय अपांग महासंघले पनि भाडा नतिरेको परिषद्ले जनाएको छ।

बालबालिकाका लागि गैरसरकारी संस्था महासंघ नेपाल (स्टल नं. ७४) ले पनि भाडा तिरेको छैन।

नेकपा एमाले निकट अनेरास्ववियु (अखिल) ले स्टल नम्बर ६० र ६१ भाडामा लिएर २०७७ सालदेखि अहिलेसम्म भाडा नतिरेको परिषद्को भनाइ छ।

AdvertisementAds

त्यसैगरी नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्च, रिपोर्टस क्लब नेपाल, उपभोक्ता मञ्च नेपाल, लोकतान्त्रिक सहिद तथा घाइते समाज र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पनि भाडा तिर्न बाँकी रहेको छ।

अन्य संस्थाहरूमा सेन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्स, मनकला श्रेष्ठ जुत्ता पसल, टीकाराम सिटौला जुत्ता पसल, कृष्णप्रसाद लामिछाने जुत्ता पसल, यशोदाकुमारी सेठी खाजा पसल, हरि हमात्य खाजा पसल, नारायणकुमारी निरौला खाजा पसल, बुद्धिराम भुसाल खाजा पसल, मञ्जु तिमिल्सिना खाजा पसल, चित्रबदुर पण्डित क्षेत्री खाजा पसल तथा नेपाल फोटो पत्रकार महासंघले पनि भाडा नतिरेको परिषद्ले जनाएको छ।

क्र.सं.संस्था/व्यक्तिस्थान/स्टलबाँकी भाडा (रु.)
1काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजस्टल नं. 681,76,70,281
2काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजस्टल नं. 341,13,53,095
3राष्ट्रिय अपांग महासंघ—1,16,32,027
4बालबालिकाका लागि गैरसरकारी संस्था महासंघ नेपालस्टल नं. 7489,90,746
5अनेरास्ववियु (अखिल, नेकपा एमाले निकट)स्टल नं. 60 र 61—
6नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्च—21,85,957
7रिपोर्टस क्लब नेपाल—73,40,090
8उपभोक्ता मञ्च नेपाल—45,57,907
9लोकतान्त्रिक सहिद तथा घाइते समाज—14,61,370
10नेपाल पत्रकार महासंघ काठमाडौं शाखा—33,07,421
11सेन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्स—10,00,000
12मनकला श्रेष्ठ जुत्ता पसल—7,46,023
13टीकाराम सिटौला जुत्ता पसल—11,80,625
14कृष्णप्रसाद लामिछाने जुत्ता पसल—8,98,163
15यशोदाकुमारी सेठी खाजा पसल—10,59,156
16हरि हमात्य खाजा पसल—5,15,664
17नारायणकुमारी निरौला खाजा पसल—2,73,013
18बुद्धिराम भुसाल खाजा पसल—6,87,734
19मञ्जु तिमिल्सिना खाजा पसल—9,07,710
20चित्रबदुर पण्डित क्षेत्री खाजा पसल—2,19,567
21नेपाल फोटो पत्रकार महासंघ—20,68,000

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स