insta insta

महालेखा नियन्त्रकले सरकारी रकम नबुझाउने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गर्यो [सूचीसहित]

महालेखा नियन्त्रकले सरकारी रकम नबुझाउने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गर्यो [सूचीसहित]
Advertisement Ads

सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जना व्यक्तिको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ।

महालेखा नियन्त्रकको कार्यालय अन्तर्गत रहेको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहलले आज ती व्यक्तिहरूको नाम, ठेगाना र तिर्न बाँकी रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा तथा ब्याज बुझाउन निर्देशन दिएको हो।

सार्वजनिक गरिएको विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यलगायत कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरीका सदस्यसमेत समावेश छन्।

निर्धारित समयभित्र रकम नतिरेमा सम्बन्धित व्यक्तिहरूको चल तथा अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोजिम असुल उपर गरिने चेतावनी दिइएको छ।

केन्द्रीय तहसिल कार्यालयका अनुसार, सरकारी रकम तिर्न बाँकी रहनेहरूको लगत राखी विगतका वर्षहरूमा पनि पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। साथै, घरठेगानामा पत्राचार गरी रकम बुझाउन उपस्थित हुन आग्रह गरिएको थियो।

तर, ती सूचना र प्रयासका बाबजुद पनि सम्बन्धित व्यक्तिहरूबाट सरकारी रकम बुझाउन नआएकाले बाध्य भएर तीनपुस्ते विवरण सार्वजनिक गर्नुपरेको कार्यालयले जनाएको छ।

Sarkari Baki Name List scaled 1 https://bajarkochirfar.com/the-comptroller-general-of-nepal-has-released-three-generation-details-of-52-people-who-have-not-paid-government-funds | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स