instainsta

दाजुभाइको विवादले १०४ वर्ष पुरानो व्यावसायिक घराना ‘ज्योति ग्रुप’ फुट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३० गते
दाजुभाइको विवादले १०४ वर्ष पुरानो व्यावसायिक घराना ‘ज्योति ग्रुप’ फुट्यो
AdvertisementAds

१०४ वर्ष पुरानो ज्योति समूह पारिवारिक विवादका कारण विभाजित भएको छ। दाजु पद्म ज्योति र भाइ रुप ज्योतिको सम्पत्ति बाँडफाँडसम्बन्धी लामो समयदेखिको विवाद अन्ततः समूह विभाजनमा टुंगिएको हो। भाइसँगको कलह उत्कर्षमा पुगेपछि पद्म ज्योतिले ‘पद्म ज्योति समूह’ नामक नयाँ समूहको घोषणा गरेका छन्। नयाँ समूहमा पद्म ज्योति अध्यक्ष छन् भने मीरा ज्योति, सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति संस्थापक सदस्यका रूपमा रहेका छन्। नयाँ पुस्ताको नेतृत्वमा समूहले आर्थिक समृद्धि र उत्पादनमूलक उद्योगमा केन्द्रित हुने लक्ष्य राखेको छ।

पद्म ज्योतिले बाबु मणिहर्ष ज्योतिको विरासतलाई सम्मान गर्दै नयाँ अध्याय सुरु गरेको बताए। समूहको स्वामित्वमा हिमाल स्टिल, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, होन्डा मोटरसाइकलजस्ता प्रमुख उद्योग समावेश छन्। पाँच वर्षअघि नै पारिवारिक विवाद समाधानका लागि विधान तयार गरिएको जानकारी दिँदै उनले समूहलाई नयाँ पुस्ताको नेतृत्वमा अगाडि बढाउने प्रतिबद्धता जनाए।

ज्योति समूहको सुरुवात १९४० को दशकमा मणिहर्ष ज्योतिले गरेका थिए, जसले तिब्बत व्यापारबाट सुरु गरेको घरानालाई आधुनिक स्वरूप दिएका थिए। दाजुभाइबीचको विवादले समूहलाई आर्थिक रूपमा कमजोर बनाएको भए पनि नयाँ समूहले उत्पादनमूलक उद्योगमा लगानी, रोजगारी सिर्जना, र उद्यमशीलतालाई प्रवर्द्धन गर्दै सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ। सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै समूहले बनेपाको स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रलाई २५ लाख रुपैयाँ सहयोग र धर्मोदय सभालाई ११ आना जग्गा दान गरेको छ। पारिवारिक विवादकै कारण इतिहास बोकेको समूह दुई खेमामा बाँडिए पनि नयाँ समूहले आर्थिक तथा सामाजिक प्रगतिमा योगदान गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स