नेपाली उद्यमी समीर खनालले बेलायतको प्रतिष्ठित मेफेयरमा खोले ‘रोजवुड फार्मेसी’

नेपाली उद्यमी समीर खनालले बेलायतको प्रतिष्ठित मेफेयरमा खोले ‘रोजवुड फार्मेसी’
Advertisement Ads

बेलायतमा लामो समयदेखि उद्योग तथा व्यवसाय गर्दै आएका नेपाली उद्यमी समीर खनालले मध्य लन्डनको प्रतिष्ठित मेफेयर क्षेत्रमा ‘रोजवुड फार्मेसी’ सञ्चालनमा ल्याएका छन्। फार्मेसीको उद्घाटन संयुक्त अरब इमिरेट्स (यूएई) का शाही परिवारका सदस्य शेख फैसल बिन खालिद अल कासिमीले गरेका हुन्।

डेढ दशकदेखि नेपाली जडीबुटीलाई बेलायती बजारमा प्रवर्द्धन गर्दै आएका खनालले आफ्नै स्वामित्वको सम्पत्तिमा फार्मेसी सञ्चालनमा ल्याएका हुन्। कार्यक्रममा एनआरएनए, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स तथा नेपाली–ब्रिटिश व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रोजवुड फार्मेसीका प्रबन्ध निर्देशक खनालले आफ्नो ‘सरयू’ ब्रान्डमार्फत हिमालयन जङ्गली मह, यार्सागुम्बा, शिलाजितलगायत नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार फार्मेसी औषधि बिक्री केन्द्र मात्र नभई नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउने प्लेटफर्मका रूपमा पनि विकास गरिनेछ।

चितवनका स्थायी बासिन्दा खनाल अध्ययनका लागि बेलायत पुगेका थिए। उनले सही समय र सही ठाउँमा निरन्तर मेहनत गरे सफलता हासिल गर्न सकिने अनुभव सुनाउँदै आगामी दिनमा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारमा अझ सक्रिय रहने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स