सरकारले कम्प्युटर सफ्टवेयर देखि ब्यूटी पार्लरसम्मको निःशुल्क तालिम दिँदै, कसरी दिने आवेदन ?

सरकारले कम्प्युटर सफ्टवेयर देखि ब्यूटी पार्लरसम्मको निःशुल्क तालिम दिँदै, कसरी दिने आवेदन ?
Advertisement Ads

बागमती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास कार्यालय, हेटौंडाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न व्यावसायिक सीप विकास तालिमका लागि आवेदन आह्वान गरेको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले साउन २५ गते सम्म आवेदन दिन सक्नेछन्।

कार्यालयले ६ महिने (७३० कार्यघण्टा) कम्प्युटर सफ्टवेयर तालिम सञ्चालन गर्ने भएको छ, जसका लागि न्यूनतम एसईई/एसएलसी उत्तीर्ण हुनुपर्नेछ। त्यस्तै ३ महिने (३९० कार्यघण्टा) जनरल मेकानिक्स, केश श्रृंगार तथा सौन्दर्य (बेसिक), प्लम्बिङ, सिलाई कटाई (बेसिक) र इलेक्ट्रोनिक्स मर्मत सम्बन्धी तालिम पनि सञ्चालन गरिनेछ। जनरल मेकानिक्स, केश श्रृंगार, प्लम्बिङ र सिलाई कटाईका लागि न्यूनतम कक्षा ८ उत्तीर्ण तथा इलेक्ट्रोनिक्स मर्मत तालिमका लागि कक्षा १० उत्तीर्ण हुनुपर्नेछ।

आवेदनसँग हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि तथा शैक्षिक योग्यताका प्रमाणपत्र संलग्न गर्नुपर्नेछ। तालिममा सहभागी हुने उम्मेदवारको छनोट अन्तर्वार्तामार्फत गरिने कार्यालयले जनाएको छ।

अन्तर्वार्ता कम्प्युटर सफ्टवेयर र जनरल मेकानिक्सका लागि साउन २६ गते, केश श्रृंगार तथा प्लम्बिङका लागि साउन २७ गते तथा सिलाई कटाई र इलेक्ट्रोनिक्स मर्मतका लागि साउन २८ गते बिहान १० बजे सञ्चालन हुनेछ।

तालिममा सहभागी हुन आवेदकको उमेर १६ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। गरिब, विपन्न, दलित, महिला, पिछडिएको वर्ग, अपाङ्गता भएका व्यक्ति, जनआन्दोलनका घाइते, शहीद परिवार तथा एकल महिलालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। आवेदन फारम सामाजिक विकास कार्यालय, हेटौंडा, मकवानपुरबाट प्राप्त गर्न सकिनेछ।

notice 1785384662752 https://bajarkochirfar.com/the-government-is-providing-free-training-from-computer-software-to-beauty-parlors-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स