भोलि आउँदैछ आगामी आर्थिक वर्षको बजेट, कति बजे ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १४ गते
भोलि आउँदैछ आगामी आर्थिक वर्षको बजेट, कति बजे ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट भोलि (शुक्रबार) सार्वजनिक गर्ने भएको छ। संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्नुपर्ने प्रावधानअनुसार सरकारले भोलि अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गर्न लागेको हो।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले भोलि बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गर्ने जानकारी दिएका छन्।

सभामुख अर्यालले बजेट भाषणका लागि सम्पूर्ण सांसदहरूलाई भोलि दिउँसो ३ः४५ बजेभित्र संसद् भवनमा उपस्थित भई आफ्नो आसन ग्रहण गरिसक्न निर्देशन समेत दिएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स