काठमाडौंमा १० वटा टुँडिखेल बन्ने सार्वजनिक जग्गा ठूलाबडाले नै खाए

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ४ गते
काठमाडौंमा १० वटा टुँडिखेल बन्ने सार्वजनिक जग्गा ठूलाबडाले नै खाए

काठमाडौं उपत्यकामा सार्वजनिक र नदी किनारका जग्गा अतिक्रमणमा उच्चपदस्थ व्यक्ति र नाम चलेका संस्थाहरु संलग्न रहेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ। प्राधिकरणका काठमाडौँ जिल्ला आयुक्त शुभाष बस्नेतले बुधवार पत्रकार सम्मेलनमा कम्तिमा एक लाख रोपनी जग्गा अतिक्रमणमा रहेको बताए।

उनका अनुसार, २०२१, २०४४ र २०५६ सालको नापी अनुसार धोबी खोलामा मात्रै २०० रोपनी जग्गा अतिक्रमण भएको छ भने तीन चरणको नापीअनुसार ३ हजार रोपनी नदी किनारका जग्गा अतिक्रमणमा छन्, ती अहिले व्यक्तिको नाममा दर्ता भइसकेको छ। तिलगंगादेखि चोभारसम्मको १० वटा टुँडिखेल बन्ने ठाउँ ठूला व्यक्तिहरु, नाम चलेका विद्यालय र अन्य अप्रत्याशित व्यक्तिहरुले कब्जा गरेका छन्।

प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गर्नेको सम्पत्ति रोक्का गर्ने काम सुरु गरेको छ। माधव खोलामा सार्वजनिक जग्गा मिचेर आफ्नै कम्पाउण्डमा लगेकाहरुको सम्पत्ति रोक्का गरिएको छ। चैत ३ गतेदेखि अवैध प्लटिङ्ग रोक्का गरिएको छ र हाल १ हजार १५० कित्ता रोक्का भएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स