SHAREHUB SHAREHUB

गरिबको बास भत्काउने बालेन सरकार असफल भइसक्यो: हर्क साम्पाङ

Advertisement Ads
गरिबको बास भत्काउने बालेन सरकार असफल भइसक्यो: हर्क साम्पाङ
Advertisement Ads

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद हर्क साम्पाङले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार असफल भइसकेको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले गरिबको गाँस खोस्ने र बास भत्काउने सरकार सफल हुन नसक्ने बताएका हुन्।

उनले सुकुम्बासी बस्तीको तस्बिर सेयर गर्दै लेखेका छन्, “रास्वपा बालेन सरकार असफल भै सकेको छ ! अब अवसान मात्रै बाँकी छ ! त्यो सरकार जसले गरीबको गाँस खोस्छ र बास भत्काइदिन्छ त्यो असफल सरकार हो ! यो तस्बीरले हजारौँ शब्दहरु बोलिरहेका छन् !”

साम्पाङले गरिबमाथि दमन गर्ने प्रवृत्तिको कुनै पनि हालतमा समर्थन गर्न नसकिने भन्दै आलोचना गरेका छन्। उनले भ्रष्टाचार गरेर महल बनाउनेहरू सुरक्षित रहने तर गरिबलाई उठिबास लगाउने काम स्वीकार्य नहुने टिप्पणी पनि गरेका छन्।

त्यस्तै, उनले सरकारलाई चुनौती दिँदै गरिबका लागि बाँच्ने वातावरण बनाएर देखाउन आग्रह गरेका छन्। उनका अनुसार हजारौँ प्रहरी र सेनाको बल प्रयोग गरेर गरिबलाई दमन गर्ने सरकार लोकतान्त्रिक हुन सक्दैन।

उनले भोट माग्ने र दिने दुवैलाई लक्षित गर्दै अब चुपचाप बस्ने समय नभएको उल्लेख गरेका छन्। साथै, गरिबको पीडा नदेख्ने नेतृत्वको कुनै अर्थ नरहने भन्दै सरकारविरुद्ध खुलेर विरोध गर्न आह्वान गरेका छन्।

Advertisement Ads

Screenshot 27 4 2026 84826 www.facebook.com https://bajarkochirfar.com/the-balen-government-has-failed-by-destroying-the-homes-of-the-poor-hark-sampang | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स