नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालको जनआन्दोलनपछि वडादेखि केन्द्रसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली छानबिन आयोग गठन गर्नुपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघ दोलखा–काठमाडौं सम्पर्क समितिद्वारा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव पार्टीबाटै पारित हुनुपर्नेमा जोड दिए।
थापाका अनुसार, जनताले विश्वास गर्ने व्यक्तिको नेतृत्वमा शक्तिशाली छानबिन आयोग बनाएर विभिन्न तहमा बसेका हरेक नेताको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी दिनुपर्छ। “छानबिनमा जो–जो परे पनि त्यसलाई स्वीकार गर्छौं भन्ने प्रतिबद्धता कांग्रेसले जनाएमा मात्रै नयाँ पुस्ताले पार्टीप्रति विश्वास गर्नेछ,” उनले भने।
उनले नयाँ पुस्ताका गुनासोलाई सम्बोधन नगरी उनीहरूको बीचमा पुग्न सकिने अवस्था नरहेको धारणा राखे। साथै, अबदेखि विश्वविद्यालयमा चित्त नबुझ्दा पनि तालाबन्दी, कालोमोसो वा तोडफोड नगर्ने संकल्प नेविसंघले गर्नुपर्ने उल्लेख गरे।
थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ अनुहार र दृष्टिकोण खोजिरहेको बताउँदै, अबको निर्वाचनमा नयाँ पुस्ता निर्णायक शक्ति बन्ने भएकाले उनीहरूको भावना बुझ्दै पार्टी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए।


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

प्रतिकृया