लाभांश पारित गर्न दुई इन्स्योरेन्स कम्पनीको साधारण सभा आज बस्दै, कुनले कति दिँदैछन् लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २५ गते
लाभांश पारित गर्न दुई इन्स्योरेन्स कम्पनीको साधारण सभा आज बस्दै, कुनले कति दिँदैछन् लाभांश ?

लाभांश पारित गर्न दुई कम्पनीको साधारण सभा आज फागुन २५ गते बस्दैछ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न वार्षिक साधारण सभा बस्ने भएको हो।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बिहान १० बजे काठमाडौंको नक्शालस्थित आम्रपाली ब्यांकेटमा सुरु हुनेछ। सभामा कम्पनीले ९.७३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यस्तै आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरणसम्बन्धी विषयमा छलफल गर्ने र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा रहेको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार, फागुन ११ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

आइएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बिहान ११ बजे दियो महल, धुम्बाराही, काठमाडौंमा सुरु हुनेछ। सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशत दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ। यस्तै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरणसम्बन्धी विषयमा छलफल गर्ने र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा रहेको छ।

साधारण सभा प्रयोजनका लागि फागुन १५ गते एक दिन बुक क्लोज गरिसकेको छ।जसअनुसार, फागुन १४ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स