कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको घोषणा मंसिर १७ गते हुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १२ गते
कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको घोषणा मंसिर १७ गते हुने

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ। पार्टी घोषणा कार्यक्रम शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

घोषणासभा मङ्सिर १७ गते दिउँसो १ बजे देखि ४ बजे सम्म प्रज्ञा भवन, कमलादी, काठमाडौं मा आयोजना हुनेछ। सो कार्यक्रममा पार्टीका संरक्षक र प्रमुख अतिथि उर्जामन्त्री कुलमान घिसिङ रहनेछन्।

पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी पनि दिइएको छ।

पार्टीका नेताहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् कि उज्यालो नेपाल पार्टी समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, सङ्गठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको छ।

विज्ञप्तिमा भनिएको छ: “हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्र आएका होइनौँ। हामीसँग उज्यालो सपनालाई साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ। आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व छ। कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व छ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स