तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले भोलि, असार १६ गतेदेखि १ बराबर १ को अनुपातमा कुल ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। यसका लागि प्रतिकित्ता १०० रुपैयाँ दर तोकिएको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यस हकप्रद सेयर निष्काशनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ। त्यसैले जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र आवेदन दिन योग्य छन्।
हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति साउन ४ गतेसम्म रहेको छ। सेयर बिक्री तथा निष्काशनको व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।
आवेदन नबिल इन्भेष्टमेन्ट बैंकिङको नक्सालस्थित कार्यालय, नबिल बैंकका तेह्रथुमस्थित छथर, म्याङलुङ्ग, फेदाप र संक्रान्तिबजार शाखाहरू, कुमारी बैंकको मेन्छयायम शाखा तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखाबाट दिन सकिनेछ।



















प्रतिकृया