तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर बाँडफाँड सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १९ गते
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर बाँडफाँड सम्पन्न

तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरको बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले साउन १८ गते बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो।

कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म १:१ अनुपातमा हालको चुक्ता पूँजीको शतप्रतिशत बराबर ४० लाख कित्ता हकप्रद सेयर, अर्थात् ४० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गरेको थियो।

रितपूर्वक आवेदन दिएका लगानीकर्ताहरूमध्ये ३५ लाख ८१ हजार २६२ कित्ता सेयर बाँडफाँड गरिएको छ। बाँकी रहेका ४ लाख १८ हजार ७३८ कित्ता शेयर अब लिलामीमा बिक्री गरिनेछ।

हकभन्दा बढी कित्ता माग गर्दै आवेदन दिएका लगानीकर्ताहरूको रकम साउन २१ गतेदेखि फिर्ता गरिने कम्पनीले जनाएको छ।

यस हकप्रद निष्काशनका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो, जसअनुसार जेठ ४ गतेसम्म कायम सेयरधनीहरूले मात्र आवेदन दिन पाएका थिए। नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते हकप्रद निष्काशनको अनुमति दिएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स