तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत पुस २४ गते सम्पन्न २८औं वार्षिक साधारणसभाबाट पारित ११ प्रतिशत नगद लाभांश (कर बाहेक) सम्बन्धित सेयरधनीको खातामा पठाइसकेको छ।
हालसम्म सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई यथाशीघ्र प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। अभौतिकीकरण पश्चात्, नगद लाभांश सम्बन्धित हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा पठाइनेछ।
त्यसैगरी, गत पुस ६ गतेसम्म सेयर धितो राखेर ऋण लिएका सेयरधनीलाई, ऋण लिएको बैंक वा वित्तीय संस्थाबाट एनओसी लेटर वा फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश उपलब्ध गराइने बताइएको छ।
होटल्सको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।



















प्रतिकृया